बैतडी ।
विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ बधाइ तथा शुभकामना सहित ८ बुँदे ज्ञापन पत्र बुझाए छ । तालिमका लागि धनगढी आएका बैतडीका १० ओटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाइ ज्ञापन पत्र बुझाएको दशरथचन्द बैतडी विद्यार्थी समाजका अध्यक्ष चेतन बिक्रम चन्दले जानकारी दिए ।
ज्ञापन पत्र मार्फत अध्यानको सिलसिलामा बैतडीबाट कैलाली गएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरिएको छ ।बिद्यार्थीहरुको हकहितका लागि सक्दो पहल चाल्दिन र संख्यात्मक रुपमा उच्च शिक्षामा विद्यार्थीहरु घट्दै जाने समस्याको पहिचान गरी त्यसको समाधानका लागि स्थानिय तह स्तरबाटै आकर्षक शैक्षिक कार्यक्रमहरू संचालन गरी संख्यात्मक र गुणात्मक वृद्दीमा विशेष जोड दिन आग्रह समेत गरेका छन्।
यस्तै शिक्षा क्षेत्रको सर्वाङगणीय विकासका लागि काम गर्न, बैतडेली भाषा,कला संस्कृतिलाइ तराइका जिल्लामा पहिचान गराउन विभिन्न किसिमका रचनात्मक साँस्कृतिक तथा धार्मीक कार्यक्रम गर्नु पर्ने लगायतका आठ बुंदे माग राखेर ज्ञापन पत्र बुझाइएको अध्यक्ष चन्दले बताए ।
दशरथचन्द बैतडी विद्यार्थी समाज कैलाली, बैतडी जिल्ला घर भइ अध्यानको सिलसिलामा कैलालीमा रहेका विद्यार्थीहरुले गठन गरेको समूह हो । यो समूहले समस्या परेका विद्यार्थीहरुलाइ सहयोग गर्दै आएको छ ।
यस्तो छ ८ बुँदे ज्ञापन पत्र : 


















