बझाङ ।
बझाङको छबिसपाथिभेरा गाउँपालिकाले करारमा स्वयमसेवी गणकको लागि कर्मचारी माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले २१ जना स्वयमसेवी गणक माग गरेको जनाएको हो ।
‘छबिसपाथिभेरा गाउँपालिकाको वस्तुस्थिति विवरण तयारीका लागि गाउँ/नगर विवरण तयारी पहिलो (संसोधन) कार्यविधि २०७८ को अनुसूची ९ बमाेजिम स्वयमसेवी गणकको सेवा करण पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
परीक्षा प्रयोगात्मक र अन्तर्वार्तामा आधारित हुने र कक्षा १२ उत्तिण गरेकाले आवेदन दिनसक्ने गाउँपालिका कार्यालयले जनाएको छ । इच्छुकले यही ११ असारभित्र आवेदन दिइसक्नुपर्नेछ ।