Khabar Board
Flash logo up side
Nirbachan aayog

बैतडीमा चार दिन विद्युत सेवा अवरुद्ध हुने

Nirbachan m

बैतडी ।

बैतडीमा चार दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । सोमबार देखि चारदिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।

असार १० गते सम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने उनले बताए । यद्यपि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारु गर्न पहल गरेको र  विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको भट्टले बताए ।

Panacea Education

विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ । सवस्टेशन पुरानो हुँदा बेला बेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको र अब त्यसको नहोस भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया शुरु भएको प्रमुख भट्टले बताए ।

 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.