Khabar Board

दुर्गाथली गाउँपालिकाले एमबीबीएस अध्ययनका लागि दुई विद्यार्थीलाई २०/२० लाख छात्रवृत्ती दिने

बझाङ ।

बझाङको दुर्गाथली गाउँपालिकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ती दिने भएको छ । पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव भइरहने, पालिकाबासीले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको दुखान्तलाई दृष्टिगत गर्दै गर्दै गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि २ जना विद्यार्थीलाई २०/२० लाखका दरले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ती दिने भएको हो ।

‘पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव भइरहने, पालिकावासीले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको दुखान्तलाई दृष्टिगत गर्दै ‘आफ्नो गाउँमी आफनई डाक्ट’ नाराका साथ यसै आथिृक वर्षबाट ‘अध्यक्ष छात्रवृत्ती कार्यक्रम’ लागू गरिने छ । अध्यक्ष छात्रवृत्ती कार्यक्रमअन्तर्गत दुईवर्ष यस पालिकामा सेवा गर्ने सर्तमा, मेरिटका आधारमा, कार्यविधिअनुसार एमबीबीएस अध्ययनका लागि २०–२० लाखका दरले दुईजना विद्यार्थीलाई छात्रवृत्ती दिन बजेटको व्यवस्था गरिनुका साथै, गाउँपालिकाभित्रका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि कक्षा १२, एसईई र कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने एक छात्र, एक छात्रा र एक दलित विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिनेछ,’ गाउँपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ ।

समाजिक बिकास कार्यालय बैतडी

साथै, ‘डिजिटल दुर्गाथली’ अन्तर्गत गाउँपालिकाको डिजिटल प्रोफाईल निर्माण गर्न बजेटको व्यवस्था गरिने, ‘एक घर एक करेसावारी’ , ‘एक वडा एक पकेट क्षेत्र’ र ‘एक टोल एक उत्पादन’ गर्ने नीति अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । साथै, ‘विषादीमूक्त दुर्गाथली’ को नीति अवलम्बन गरि अर्गानिक खेतीमा जोड दिनुका साथै गाउँपालिकास्तरीय कृषि संकलन केन्द्र तथा हाट बजारको व्यवस्था पनि गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै, ८ महिना पुगेको गर्भवती र एक महिनाको सुत्केरी आमाहरूलाई एम्बुलेन्समा लाग्ने भाडामा ५० प्रतिशत छुट र ७० वर्ष पुगेका र सोभन्दा माथिका विरामीहरुका लागि एम्बुलेन्समा लाग्ने भाडा मिनाहा गरिने पनि समावेश गरिएको छ ।

जनयुद्ध तथा जनआन्दोलनमा सहिद परिवारलाई यही आर्थिक वर्षदेखि महिनाको तीन हजारका दरले निर्वाह भत्ता दिने व्यवस्था गरिनका साथै जनयुद्ध तथा जनआन्दोलनका घाइते योद्धाहरुलाई महिनाको एक हजार पाँचसयका दरले निर्वाह भत्ता दिने व्यवस्था पनि गरिने गाउँपालिकाका दिलबहादुर थापा तुफानले बताए ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.