Khabar Board
Flash logo up side
flash header

आज झुलाघाट नाकामा आवतजावत बन्द, पुल मर्मत गरिँदै

Nirbachan m

बैतडी ।

आज नेपाल–भारत सीमा जोड्ने झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ । झुलाघाट पुल जीर्ण भएपछि मर्मत कार्य भइरहेकाले आजका लागि नाकामा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेर पुल मर्मत गर्ने सहमति गरेका थिए । झुलाघाट पुलका केही पट्रीहरु टुटफुट भएकाले मर्मत कार्य शुरु गरिएको हो । भारत सरकारका तर्फबाट पुल मर्मत गर्ने कार्य भइरहेको सूचना अधिकारी भारतीले बताए ।

Center article

करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल त्यतिबेला इष्ट इण्डिया कम्पनीले निर्माण गरेको बताइन्छ । झुलाघाट नाका पुरानो नाका भएपनि यो नाकामा पक्की पुल नहुँदा समस्या रहँदै आएको छ ।

पहिला कर्णाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक यही नाका भएर भारत पस्ने गर्दथे । अहिले पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि यही नाका भएर भारत जाने गर्दछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.