बैतडी ।
बैतडीमा ५२ प्रतिशत मत खसेको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत ७८ हजार ३६९ मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
जिल्लाका २१० वटै मतदान केन्द्रबाट ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिलागरी ७८ हजार ३६९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
जिल्लामा शान्त वातावरणमा मतदान भएकाले मतपेटिका ढुवानीको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी प्रेम शाहीले जानकारी दिए ।
जिल्ला सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुर्याइउको छ । अन्य ठाउँबाट ढुवानीको काम भइरहेको छ ।
अब भोली १० बजेभित्रै मतपटिका जिल्ला सदरमुकाम पुग्ने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयाँलले जानकारी दिए । भोली दखि नै मत गणना सुरु गरिने पनि उनले बताए ।
बैतडीमा प्रतिनिधि सभाको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । यस्तै दुईओटा प्रदेश सभा क्षेत्र रहेको बैतडीमा (क) क्षेत्रमा ६ जना र (ख) क्षेत्रमा ५ जना चुनावी मैदानमा रहेका छन् ।
यो चुनावमा स्थानीय चुनावको जस्तो उत्साह नभएको पाइएको छ ।