बैतडी ।
बैतडीमा प्रदेश सभा क्षेत्र नं.(क)को मतगणना स्थगित भएको छ । डिलाशैनी गाउँपालिका वडा नं ४ को हाडाकोट मतदान केन्द्रमा खसेको मतभन्दा बढी मत पाइएपछि मतगणना स्थगित भएको हो । ६५१ मत खसेको मतपेटिकामा ७५४ मतपत्र पाइएमा तत्कालका लागि गणना स्थगित भएको जनाइएको छ ।
बैतडी प्रदेश सभा (क)मा अहिले सम्म एमालेका उम्मेदवार सुरेन्द्र पालको अग्रता कायमै रहेको छ । ४ हजार ३२० मत सहित पालको अग्रता कायमै रहेको हो । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २ हजार ९४४ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्ट भने १ हजार ८२० मतका साथ तेश्रो स्थानमा रहेका छन् ।