बैतडी ।
सोमबार बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरु बन्द रहने भएका छन्। मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा भोलि नगरपालिकाभरका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको हो।
विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ वर्षको उमेरमा शनिबार निधन भएको थियो। शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।