Khabar Board
Flash logo up side
flash header

बैतडीको मेलौली अस्पताल विवाद: दुई पक्षबीच झडप हुदाँ ३५ जना घाइते

Nirbachan m

बैतडी ।

१५ शैय्याको अस्पताल निमार्णको बिषयलाई लिएर बैतडीको मेलौलीमा दुई पक्षबिच झडप भएको छ । बिहीबार १५ शैय्याको अस्पताल निमार्णंको बिषयलाई मेलौली नगरपालिका वडा नं  १ र वडा नं  ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।

मेलौलीमा बन्ने भनिएको १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थय केन्द्रमा बन्नुपर्ने माग गर्दै वडा नम्बर ७ का स्थानियहरुले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

मेलौलीमा बन्ने भनिएको १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थय केन्द्रमा बन्नुपर्ने माग गर्दै वडा नम्बर ७ का स्थानियहरुले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालयमा गरिएको तालाबन्दी खोलेपछि वडा ७ का स्थानियहरु नाराबाजी गर्दै नगरपालिकामा तारावाजी गर्दै प्रवेश गरेपछि विवदा सिर्जना भएर झडप भएको प्रहरीले जनाएको छ ।

बुधबार फेरी वडा नम्बर १ का स्थानियहरुले १५ शैय्याको अस्पताल १ नम्बर मै बन्नुपर्ने र नगरपालिकामा लागेको ताला तत्काल खोल्नुपर्ने माग राख्दै नगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

Center article

आज बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो । झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् ।

अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइते मात्रै पुगेका बताइएको छ । अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ । अस्पातलको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमीन हुँदा कुन ठाउँमा बनाउने भन्ने बिषय अहिले सम्म सुल्झेको छैन् । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.