Khabar Board
Flash logo up side
flash header

कोरोना जोखिम बढ्दै गएकोले सर्तकता अपनाउन जिल्ला प्रशासन बैतडीको आग्रह

Nirbachan m

बैतडी ।

कोरोना भाइरसको जोखिम फेरी बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेको जनाउँदै बैतडी भारतसंग सीमाना जोडिएको जिल्ला भएकाले कोरोनाको जोखिम उच्च रहेको हुँदा सर्तकता अपनाउन आग्रह गरेको छ ।

Center article

भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, सेनेटाइजरको प्रयोग गनुका साथै भौतिक दुरी कायम राख्न प्रशासनले आग्रह गरेको छ । यस्तै सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, सेनेटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरिएको छ ।

साथै, कोभीड –१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाहरुले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।  

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.