Khabar Board
Flash logo up side
flash header

बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु

Nirbachan m

बझाङ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।  ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुपन्देहीमा भएको दुर्घटनामा ३ जना घाइते यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा हिजो बेलुकी करिब ७ बजे मोटरसाइकल र साइकल ठोक्किंदा ३ जना घाइते भएका छन् ।

Center article

घाइते हुनेमा साइकलमा सवार नवलपरासी पश्चिमका ४२ वर्षीय राजेश सुनार र उनकी ८ वषर्ीया छोरी हिमशीतल तथा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका ४ का ३० वर्षीय इन्द्रमणी ठाकुर रहेका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.