बैतडी ।
बैतडीमा कृषी प्राबिधिक तथा उद्यम विकास संस्था (A.T.E.D) सन्चालनमा आएको छ । जिल्ला भरिका युवाहरु मिलेर कृषि प्राविधिक तथा उधम विकास सस्था (A.T.E.D) Non- Govermental Organization (NGO ) संचालनमा ल्याएका हुन ।
यहि भाद्र महिनामा दर्ता भइ हाल पाटन नगरपालिकाको ६ नम्बर वर्डमा कार्यालय राख्ने गरि संचालनमा आउन लागेको हो । यस सस्थाले कृषकहरुका समस्याहरुलाई समाधान गर्न निशुल्क आवश्यक परामर्स दिने, विभिन्न सिपमुलक तालिम (उधम बिकास)का साथै स्वरोजगारका कार्यक्रम गर्नका लागि अभ्यास गराउने उक्त संस्थाका कोषाध्यक्ष गौतम प्रसाद अवस्थीले जानकारी दिए ।
उनले भने ”हाम्रो यस संस्थाले बैतडी जिल्ला भरिका कृषि क्षेत्रमा चासो राख्ने युवाहरूका लागी कृषि क्षेत्रमा चासो राख्ने युवाहरूलाई निशुल्क आवश्यक परामर्स दिने र कृषि क्षेत्रमै विभिन्न प्रकारका तालिम जस्तै उधम बिकासका लगाएत बेरोजगार युवाहरूलाई आफ्नै गाउँठाँउमा नै रोजगार दिने उदेश्यले खोलिएको हो । साथै यो संस्थाले हाल पाटन बजार स्थित आफ्नै कार्यालय नजिकै रहेको चौरमा च्याउ खेती सुरु गर्न लागेको समेत अबस्थीले बताए ।”
यश संस्थाले कृषकहरुको उत्पादन बजारिकरण गर्न पहल गर्न मद्द्त पुर्याउने र कृषि सम्बन्धी विभिन्न कार्यक्रम अगामी दिनहरुमा संचालन गर्ने अबस्थीले बताए । यस सस्थामा कृषि तथा भेटेरिनरि प्राविधिकहरुको टिम र अन्य बिग्यहरु रहेको समेत रहेको उक्त संस्थाले जनाएको छ ।
