Khabar Board
Flash logo up side
Nirbachan aayog

दुबै मृगौला फेल भएका २७ बर्षिय पारसको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

Nirbachan m

धनगढी ।

धनगढी ५ तारानगरका दुबै मृगौला फेल भई उपचार गराइरहेका २७ बर्षिय पारस ओझाको जीवन रक्षाकालागि सहयोगको अपिल गरिएको छ। डोटिको जोरायल गाउँपालीका ५ गडसेरा ( भामगाउँ ) घर भै हाल धनगढी –५, तारानगर बस्दै आएका ओझाको जीवन रक्षाकालागि सहयोगको अपिल गरिएको हो।

ओझाको दुबै मृगौला फेल भै केही दिनदेखी गम्भीर स्वास्थ्य समस्यामा रहेको उनका बुवा बासुदेब ओझाले बताए। रोग परिक्षणका क्रममा र दुबै मृगौला फेल भई उपचार गराइरहेका ओझाको अहिलेसम्मको उपचारमा लाखौँ खर्च भैसकेको उनले बताए । परिवारको आम्दानिको धरोहर नै बिरामी पर्दा आर्थिक सङ्कटले आफूसङ्ग भएको आर्थिक र सरसापट गरेको रकम उपचारमा सकिसकेको बताए। घरमा पारसको आमाको पनि मुटुको बिमारी र एउटा भाइ शारिरिक रुपमा अपाङ्ग भएका कारण घरमा चरम आर्थिक अभावले मृगौला फेर्ने प्रकृया अघि बढ्न नसकेको बताए।

उनले मृगौला प्रत्यारोपण र अन्य औषधि उपचारकालागि लाग्ने लाखौँ रकम जुटाउन समस्या परिरहेकाले सबैमा सहयोगको अपिल गरेका छन्। उनले सम्पुर्ण मनकारी दाताहरुलाइ मानबिय सेवाकालागी आफुले सक्दो आर्थिक सहयोग गरिदिन र पारसको जीवन रक्षाकालागि बिनम्र अनुरोध गरेको बताए। साथै सो अभियानमा थोर बहुत आर्थिक सहयोग गर्न चाहानेले अनलाइनमार्फत ट्रान्सफर तथा प्रकाश ओझाको (कुमारी स्मार्ट बचत खाता) कुमारी बैंक लिमिटेडको खाता नम्बर ०२८००१६५४५५००००१ मा र ई-सेवा तथा खल्ती आईडी ९८२५६२६२६२ मा  रकम जम्मा गरिदिन अनुरोध गरिएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.