Khabar Board
Flash logo up side
flash header

दुई दिवसिय ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सुरु

Nirbachan m

डडेलधुरा । सेवा ईन्टरनेशनल नेपाल एवं प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा दुई दिन सम्म चल्ने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सुरु भएको छ ।

Center article

उद्योग बाणिज्य संघको हलमा चलिरहेको उक्त तालिमको उदघाटन समारोहमा प्रमुख अतिथि एवं प्रशिक्षक परिषदका राष्ट्रिय सह -संगठन सचीव रमेश कंडेल ,प्रहरी नायक निरीक्षक चन्द्र सिह धामी ,परिषदका प्रदेश सचीव जगदीश सावद ,प्रदेश संगठन सचीव चन्द्र शेखर जोसि र देवकी भण्डारी रहेका थिए ।

परिषदका प्रदेश सचीव जगदिस सावदले उत्त कार्यक्रमको स्वागत मन्तव्य राख्नु भएको थियो । उत्त तालिममा बोल्दै अतिथि चन्द्र सिह धामिले विद्यार्थीको बिकासका लागि यस्ता तालीमको आवश्यकता समाजमा रहेको बताउनु भयो।
त्यस्तै परिसदले गर्ने विभिन्न समाजिक ,शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

उत्त दुई दिन सम्म चल्ने तालिममा आत्मजागरण,अनुभुती ,प्रभावकारी संचार ,सिर्जनात्मक सोचाई,समालोचान्तक सोचाइ ,निर्णय लिने क्षमता ,समस्या समाधान लगायत थुप्रै बिसयमा केन्द्रित रहेर विद्यार्थी /युवा हरुमा केन्द्रित भएर चल्ने छ ।
ब्यक्ती निर्माण द्वारा रास्ट्रको पुन निर्माण गर्ने उद्देश्यका साथ विभिन्न सेवा ,शैक्षिक एवं रचनात्मक गतिविधि लामो समयदेखि परिसद र सेवा ईन्टरनेशनल नेपालले गर्दै आईरहेको छ ।

उक्त दुई दिन सम्म चल्ने तालिममा विभिन्न क्याम्पसमा अध्यनरथ ६० जना विद्यार्थी रहेको सेवा इन्टरनेशनल नेपालका डडेलधुरा जिल्ला सयोजक प्रदीप भट्टले जानकारी गराउनु भएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.