प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

Image

डडेलधुरा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले आफ्नो बीमितको मृत्युप्रश्चात दावी भुक्तानि गरेको छ । अमरगढी नगरपालिका ०७ सल्ला गाउँ बस्ने अर्जुन बोहराकी छोरी सबिना बोहराको माघ १४ गते उच्च जरो कारण निधन भएका थियो ।

कम्पनीले मृतकको घरमा गैइ मृत्यु दावी भुक्तानी बीमितको परिवार लाई भुक्तिानी गरेको छ । दावी वापात ९३ हजार ७ सय ५० रुपैयाँ भुक्तिानी गरेको हो। सो बीमालेख वापात बीमितले एक किस्ता जम्मा बाह्र हजार पाचँ सय रकम भुक्तानी पश्चात बोहराको निधन भएको थियो ।

प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाका प्रमुख खगराज शाह, अमरगढी नगरपालिका ७ का वडा अध्यक्ष खडक सिंह बोहरा र  कम्पनीका अभिकर्ताहरुको उपस्थितिमा घरमा गैइ मृतकका परिवारलाई चेक हस्तान्तरण गरेको हो।