Khabar Board
Flash logo up side
flash header

राजीनामा दिएलगत्तै यस्तो भन्छन् सुदूरपश्चिमका मुख्यमन्त्री शाह

Nirbachan m

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय राजनीतिमा फेरबदल भएपछि सहज वातावरण सृजना गर्न राजीनामा दिएको बताएका छन्।

बिहीबार प्रदेश प्रमुख नाजिर मियाँलाई राजीनामा बुझाएपछि कुराकानी गर्दै शाहले उक्त कुरा बताएका हुन्। ‘राष्ट्रिय राजनीतिमा फेरबदल भएपछि प्रदेश सरकारमा पनि परिवर्तन आएको हो,’ उनले भने, ‘वर्तमान अवस्थामा राजीनामा दिई सहज वातावरण सृजना गरेको हौं।’

यस्तै, शाहले नेपाली कांग्रेस सरकार गठनका लागि अन्य राजनीतिक पार्टीसँग सहकार्य गर्न तयार भएको समेत बताए। ‘स्थिर सरकार र सरकारले स्थायित्व पाउने सन्दर्भमा नेपाली कांग्रेस सधैं प्रयत्नशील छ,’ उनले भने।

त्यस्तै, संघीयता र प्रदेश सरकारलाई मजबुत बनाउने हो भने संघीय नेतृत्वले दिएका अधिकार कार्यान्वयनमा सहयोग गर्न पर्ने उनको भनाइ थियो।

प्रदेश सभा बैठकबाट शाहले मुख्यमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका थिए। उनले विश्वास मत नपाउने निश्चित भएपछि बैठक बसेको थिएन। त्यसपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख मियाँलाई राजीनामा बुझाएका थिए।

केन्द्रमा नेकपा माओवादी, नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धन सहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको थियो।

Center article

सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र एक जना सांसदको सहारा लिएर विश्वासको मत जुटाउन हर प्रयास गरेका थिए। यसका लागि उनले कैलालीबाट निर्वाचित नागरिक उन्मुक्तिका पाँच जना सांसदलाई मन्त्री बनाएका थिए। नागरिक उन्मुक्तिबाट गत महिना पद तथा गोपनीयताको शपथ लिएका नवनियुक्त चार जना मन्त्रीहरू पनि एक महिना नबित्दै सरकारबाट बाहिरिएका छन्।

सरकारमा सहभागी भएका उन्मुक्तिका सांसदले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने दाबी गर्थे तर उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि सहयोग गर्ने अडान कायम राख्दा उन्मुक्तिमा विवादले उग्ररूप लिएको छ।

पार्टी संरक्षक उनका श्रीमान समेत रहेका रेशम चौधरीले भने सुदूरपश्चिममा कांग्रेस नेतृत्व सरकारलाई विश्वास मत दिनका लागि अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्झाएका थिए। केन्द्रमा पनि नयाँ समीकरण अनुसारको सरकारमा नजान उनले आग्रह गरेको प्रतिक्रिया दिइरहेका छन्।

उन्मुक्तिभित्र विवाद भइरहेका बेला यता मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान भएपछि उनी सरकारबाट बाहिरिन बाध्य बनेका हुन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.