बैतडी । बैतडीको पाटनमा हाटबजार लाग्ने भएको छ । पाटन बजार व्यवस्थापन समितिले नयाँ बर्षको बैशाखदेखी महिनाको अन्तिम शनिबार हाटबजार लगाउने भएको हो ।
पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने पाटन बजार व्यवस्थापन समितिका सचिव पवन भण्डारीले बताए । हाटबाजरको दिन पाटन बजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको सचिव भण्डारीले बताए ।
आउँदो बैशाखदेखी महिनाको पहिलो शनिबार पनि बजार बन्द हुने छ भने अन्तिम शनिबार हाटबजार लाग्ने छ । बजारमा व्यपारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्छ भने गाउँका कृषकले आफ्नो उत्पादन ल्याएर बिक्रि गर्ने छन् ।
बिहीबार पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्ट (दाडीगुरु) को अध्यक्षतामा बसेको बैठकमा स्थानीय व्यपारीहरु उपस्थीत थिए ।
सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्ने ल्याउन समितिले आग्रह गरेको छ ।