Khabar Board
Flash logo up side
flash header

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

Nirbachan m

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

स्रोतका अनुसार उनको शपथ आजै बेलुकी ७ बजे गर्ने तयारी छ । सोडारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका थिए ।

त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् ।

Center article

चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफूहरूको समर्थन नरहेको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए । “नागरिक उन्मुक्ति पार्टीमा संसदीय दलको नेताको विवाद छ । प्रदेश प्रमुखले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ,” प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो, “शपथ आजै बेलुका ७ बजे गर्ने तयारी छ ।”

५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.