बैतडी । बैतडी जिल्ला पाटन नगरपालिकाको वईभसाईड सात महिना सम्म पनी अपडेट गरिएको छैन । पालिकाले २०८१ को असोज मसान्त देखी करार थप नगर्ने गरि सामाजिक परिचालक बाट हटाईएका वडा नं. ४ की कर्मचारी जन्तरी बिष्टको अझै वईभसाईडमा नाम रहेको छ ।
यस्तै वडा नं. ९ टकरेमा वडा सचिव पदमा कार्यरत रामदत्त जोशी लाई २०८१ साल कार्तिक २० गते देखी वडा नं. ८ खोड्पे पशु शाखामा पठाएको र उहाँको सट्टामा वडा नं. ८ का वडा सचिव सरद प्रसाद भट्ट लाई थप जिम्मेवारी दिइएको थियो तर वडा सचिवको जिम्मेवारी पाएको छ महिना बिति सक्दा पनी भट्टको अझै नाम वईभसाईडमा राखिएको छैन ।
पुरानै वडा सचिव रामदत्त जोशीको नाम रहेकोछ । अहिलेको युगमा बैज्ञानीक युग र प्रविधिको युगमा पनी पालिकाले दिने सूचना जानकारी र सेवा प्रवाहमा गरिएको कमजोरीले पालिका नै लज्जासपद बन्नपुगेको स्थानीयहरुले गुनासो पोखेका छन् । अन्य वडाहरुका पनी वईभसाईड अपडेट नगरिदा भौतिक रुपमा सेवा क्षेत्र बाहिर रहेका नागरिकहरु लाई सेवा लिन समस्या भईरहेको छ ।