भोलि देखी हेटौंडा ८ नम्बर वडामा हुने महोत्सवको तयारी पुरा

Image

हेटौंडा । भोली देखि सुरु हुने कमाने ८ नम्बर वडाको महोत्सवको तयारी पुरा भएको छ । केही कार्य बाकीँ रहेता पनि आज बेलुकासम्ममा सम्पूर्ण काम पुरा हुने छ भने अधिकांश काम पुरा भएको सचिवालय प्रमुख उमेश थापामगरले बताए ।

वडाको चालु कार्यक्रमअन्तर्गत् स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शनी’ भन्ने मूल नाराका साथ भोलि विहीबार देखि महोत्सव सुरु गरिने यस अघिनै पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष रामकृष्ण थापाले बताएका हुन्। उनले  महोत्सवमा वडाभित्र रहेका स्थानीय कला संस्कृति पहिचान र व्यापार, व्यवसायीहरूको प्रदर्शनी रहने बताए । 

महोत्सवलाई आकर्षक बनाउन वडाभित्र रहेका २१ वटा बाल समूहहरुले सांस्कृतिक कार्यक्रमहरु गर्नेछन् ।  महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समूहहरुका सीपलाई उजागर गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास रहेको अध्यक्ष थापाले बताए । महोत्सव १३ गते सम्म सञ्चालन हुनेछ भने १०० वटा स्टलहरु रहने सचिवालयले जानकारी दिएको छ साथै खाना व्यबसाय गर्ने हरुका लागि ५ हजार प्रदर्शन गर्ने लाई ३ हजार रहेको छ भने टोल बिकास’ सस्थामा, स्कुल हरुका लागि स्टल फ्रिरी रहने जनाएको छ।