Khabar Board
Flash logo up side
flash header

यस्तो भन्छन् सन्दीप यूएईसँग सेमिफाइनलमा खेल्नुअघि

Nirbachan m

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले यूएईको सामना गर्दैछ। नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३:४५ देखि सुरु अल अमेरात मैदानमा हुनेछ। नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता रूपमा सेमिफाइनलमा खेल्न लागेका हुन्।

नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो। नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

यूएईले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जोड्यो। सेमिफाइनलमा यूएईलाई हराए नेपालले अष्ट्रेलियामा आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने आईसीसी पुरुष टी–२० विश्वकप खेल्न पाउनेछ। यूएईसँग खेल्नुअघि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन्।

उनले मंगलबार आफूहरूका लागि ठूलो दिन भएको बताएका छन्। उनले टिमले अझैं उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिएका छन्। यूएईको खेलको बारेमा आफूहरू जानकार रहेको र उनीहरूले पनि नेपाली टिमको खेलबारेमा जानकारी नै रहेको बताएका छन्।

‘दुवै टिम एकअर्का विरुद्ध पहिलेदेखि नै खेलिरहेको छ। हामीलाई पनि यूएईको बारेमा धेरै कुरा थाहा हुनेछ र उसलाई पनि हाम्रोबारेमा पक्कै थाहा हुनेछ,’सन्दीपले खेलपछि सञ्चारकर्मीहरूसँग भने,‘दुवै टिमका लागि विन विन सिचोयसन छ। मंगलबार (भोलि) एक ठूलो दिन हो। जुन टिमले राम्रो खेल्न उहीँ टिम छनोट हुन्छ।’

Center article

सन्दीपले यसअघिको चारदेशीय सिरिजमा नेपालको पूर्ण टिमले नखेले र हाल पूर्ण टिमले खेल्ने भएकाले नजितामा फरक पार्ने बताएका छन्। सिरिजमा ओमानसँगको खेल नेपाली ओपनर कुशल भुर्तेलले चोटका कारण गुमाएका थिए।

अब कुशल पूर्णरूपमा फिट भइसकेका छन्। उनी लयमा पनि छन्। यूएईविरुद्ध शतप्रतिशत दिने पनि सन्दीपको भनाइ छ। ओमानसँग खेल्न मानसिक रूपमा पनि सबै तयार गरेको उनले बताएका छन्।

नेपाललाई विश्वकपमा छनोट गराउन सेमिफाइनलमा यूएईविरुद्ध ज्यू ज्यान लगाएर खेल्ने बताएका छन्। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ। त्यसरी नै भोलि पनि ज्यूज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ,’ सन्दीपले भने।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.