Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

Nirbachan m

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो।

अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो। खेलमा ११४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन्। ४४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन्।

त्यसैगरी इन्दु बर्माले अविजित रहँदै २४ बलमा २९ रन जोडिन् भने कप्तान सिता राना मगर १९ रनमा आउट भइन्। सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एकरएक विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान भने डोली भट्टले ३६ रन जोडिन्।

Center article

त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहिन् भने रेवती धामीले १० रनमा तथा रितु कनौजिया २ रनमा अविजित रहिन्। एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । उपाधिसहित एपिएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख प्राप्त गरेका छन्।

रासस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.