Khabar Board

२७ जना उत्कृष्ट खेलाडीले पाए स्पोर्ट्स अवार्ड, काे-काेले पाए त ? (सबैकाे सूचीसहित)

काठमाडौं

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई १६ औं एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ का क्रममा सम्मान गरेको छ । एनएनआईपीएले ललितपुरको गोदावरी नगरपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा आर्चरीका ज्ञानु अवाले, एथलेटिक्सका किरण सिंह बोगटी, ब्याडमिन्टन प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फकी कस्मिरा शाह रहेका छन् ।

त्यसैगरी, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, करातेका विप्लव श्रेष्ठ, र्याफ्टीङ एन्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किका सफल राम श्रेष्ठ र पौडीका अनुभव सुब्बाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे ।

सुटिङकी कृष्णा थापा, कब्बडीका नागेश्वर थारु, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्रायथ्लनका हिमाल टमटा, लनटेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलीकी अरुणा शाही, वेटलिफ्टिङकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट भए ।

उनीहरुले नगद १० हजार प्राप्त गरे । पारा एथलेटिक्सकी पलेसा गोवद्र्धनले उत्कृष्ट पारा खेलाडी सम्मानसहित दश हजार प्राप्त गरिन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.