नेपालले एकै महिना तीन अन्तर्राष्ट्रिय सिरिज खेल्ने, कति-कति गते हुदै

Image

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिममा घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज हुने पक्का भएको हो। यस्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुने पनि तय भएको छ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ।

पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ। यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ।

त्यसअघि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज युएईमा चैत २ गते सुरु हुनेछ।

यससँगै नेपालले चैत महिनामा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। हाल नेपाली टिम लिग-२ को तायरीका लागि श्रीलंकामा रहेको छ। नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम छ।

नेपालले चैतमा खेल्ने सिरिज

  • नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज – चैत २ देखि ८ गतेसम्म युएईमा हुने
  • नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज – चैत ११ र १२ गतेसम्म काठमाडौंमा हुने
  • नेपाल, मलेसिया र पपुव न्युगिनीबीचको टी-२० सिरिज – चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा हुने