दीपेन्द्रसिंह ऐरी आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

Image

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले फेब्रुअरी महिनाका लागि बुधबार घोषणा गरेको पुरुषतर्फको मनोनयनमा दीपेन्द्रसँगै यूएईका ब्याट्सम्यान भ्रीत्या अरविन्द र भारतका ब्याट्सम्यान श्रेयस ऐय्यर परेका छन् ।

दीपेन्द्रले ओमनमा भएको आईसीसी पुरुष टी–२० विश्वकप क्वालिफायरमा नेपाललाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आईसीसीले उल्लेख गरेको छ । उनले सो प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५९ रन जोडेका थिए भने ६ विकेट लिएका थिए ।