यस्ताे बन्याे साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम

Image

काठमाण्डाैं

साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरेका हुन्।

जम्शेदपुरमा आगामी १५ देखि २५ मार्चसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ। प्रतियोगितामा तीन टिमबीच खेल हुनेछ। नेपाल र भारतसँगै बंगलादेशले पनि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता सुरुमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ। जसमा सर्वाधिक अंक ल्याउने दुई टिमले उपाधिका लागि भिड्नेछन्। नेपालले पहिलो खेल १५ अगस्टमा भारतसँग स्थानीय समयअनुसार साँझ सात बजे प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

सावित्री किसन (गोलकिपर), लिला जोशी (गोलकिपर), पुजा थापा (गोलकिपर), सविना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत ।

दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई, सुनकला राई, अन्जली मचामसी, सराह बज्राचार्य, जेनिफर राना, सरिष्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइ, गरिमा राई ।