नेपाली राष्ट्रिय टिमलाई विश्वकप च्याम्पियन श्रीलंकाका रोशनले यस्ताे दिए सुझाव

Image

काठमाडौं

नेपाली क्रिकेट टोलीसँग श्रीलंका पूर्व स्टार ब्याटर तथा विश्वकप च्याम्पियन रोशन महानमाले अन्तरक्रिया गरेका छन् । श्रीलंका भ्रमणमा रहेको नेपाली टिमसँग उनले विहीबार अन्तरक्रिया गरेका हुन् ।

श्रीलंका पुलिससँग बिहीबारकाे अभ्यास खेल सकिएपछि नेपाली टोलीसँग रोशनले अन्तरक्रिया गरेका हुन् । राेशनले नेपाली टोलीको हौसला बढाउँदै अन्तरक्रिया गरेका हुन् ।

पूर्व विश्व स्टार तथा विश्वकप च्याम्पियन उनले आफ्नो अनुभव सुनाउनुको साथै सल्लाह र सुझाव समेत दिए । रोशनसँगको अन्तरक्रियापछि नेपाली टोलीको हौसला बढेकाे छ । नेपाली टोलीले उनीसँग केही कुराहरु सिक्ने अवसर मिलेकाे बताएकाे छ ।

आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली टिम श्रीलंकामा अभ्यास खेल खेलिरहेकाे छ । आज त्यहाँ विश्वचर्चित खेलाडी सम्मिलित टिमसँग आफ्नाे अन्तिम अभ्यास खेल खेल्दैछ ।

१९९६ को विश्वकपको सेमिफाइनलमा भारतलाई हराउन उनले ५८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि उनले आइसिसीकाे म्याच रेफ्रीको रुपमा १२ वर्ष समय बिताएका थिए ।

ओपनिङ, मध्यक्रम र तल्लोक्रमका भरपर्दा ब्याटरको साथै उत्कृष्ट फिल्डर थिए । त्यस समय रोशन, सनाथ जयसूर्या, असांका गुरुसिंहा, अरविन्दर डि सिल्भा, कप्तान अर्जुना रणतुङ्गा श्रीलंकाका प्रमुख ब्याटर थिए ।

ओडिआईमा उनले जयसूर्यासँग ओपनिङ गर्ने गर्दथें । टोलीको आवश्यकता अनुसार मध्यक्रममा पनि ब्याटिङको भूमिका निर्वाह गरेका थिए ।

नेपाली टोली १४ मार्चमा युनाइटेड अरव इमिरेट्स (युएई) पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ ।

२२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।