Khabar Board
Flash logo up side
flash header

साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भारत जाँदै

उपाधि लिएर आउँछौं– कप्तान प्रिति राई

Nirbachan m

काठमाडौं

आगामी चैत १ गतेदेखि भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ।

सहभागि हुने नेपाली महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच विदाई गरेको छ।

एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई विदाई गरेको हो । विदाई पछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन्।

नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन्।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ।

महिला टोलीलाई उपाधि दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै एन्फाका महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए।

सन २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो।

Center article

तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दैछन्।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

शीर्ष टोलीले उपाधि जित्नेछ। यही प्रतियोगिताका लागि मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए।

टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन् ।

२३ सदस्यीय नेपाली टोली
सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अन्जली मचामासी, सराह बज्राचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.