Khabar Board
Flash logo up side
flash header

फ्रेन्डसलाई हराउँदै मनाङले जित्यो खप्तड गोल्डकपको उपाधि

Nirbachan m

धनगढी

सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेन्डस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँग मनाङले २१ लाख रुपैयाँ पाएको छ भने उपविजेता फ्रेन्डसले १० लाख रुपैयाँ पाएको छ । खेलको २२औं मिनेटमा मनाङले दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा दिनेशले सुन्दर गोल गरे ।

Center article

५१ औं मिनेटमा फ्रान्स्वाँले गोल गर्दै फ्रेन्डसलाई १-१ को स्थितिमा ल्याए । तर ७१ औं मिनेटमा ओलावाले आफिज र इन्जुरी समयमा मौसा अवागानाले गोल गर्दै मनाङको जित निश्चित गरे ।

फ्रेन्डसले खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्स्वाँले गरेको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले रोकेका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.