Khabar Board
Flash logo up side
flash header

यस्ताे छ टियु मैदानमा खेल्ने एकदिवसीय र टी-ट्वान्टी सिरिजको तालिका

Nirbachan m

काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नै घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिजको खेल तालिका शनिबार सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय र पीएनजी र मलेसियासँगको त्रिदेशीय टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ। टियु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ ।

Center article

यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ । टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग खेल्नेछ ।

नेपालले मार्च ३० मा मलेसियासँग खेल्दा मार्च ३१ मा पीएनजीसँग खेल्नेछ । नेपालले मलेसियासँग अप्रिल २ मा पुन खेल्नेछ ।
फाइनल अप्रिल ४ मा हुनेछ

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.