Khabar Board
Flash logo up side
flash header

धनगढीमा मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने, विजेताले ५ लाख पाउने

विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने

Nirbachan m

धनगढी ।

धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए । “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ ।

‘नेपाल तथा सुदुरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ ।’ प्रतियोगिता संयोजक अधिकारीले भने–‘प्रतियोगितालाई उत्सव र सानको रुपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’

प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईनेछ ।

Center article

उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । ‘सुदुरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदुरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजनाको तयारी थालेका हौं ।’

पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने–‘ प्रतियोगिताले सुदुरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’

आगामी दिनमा सुदुरपश्चिममा फुटबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्नेमा पनि टेवा पुग्ने अपेक्षा गरिएको जोशीले बताए । वनदेवी युवा क्लब तेघरी लामो समयदे

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.