यी ३ तीन चर्चित ब्याटर : जसले आईपीएलमा राशिदविरुद्ध सर्वाधिक रन बनाए

Image

काठमाडौं ।

अफगानिस्तानका राशिद खान वर्तमान समयका सफल बलर हुन् । उनले हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । राशिदले आईपीएलमा हरेक सिजनमा राम्रो प्रदर्शन गर्छन् ।

सन् २०१७ मा सनराइजर्स हैदरावादबाट आईपीएलमा डेब्यु गरेका उनी हरेक वर्ष आफ्नो टोलीका लागि महत्त्वपूर्ण साबित भइरहेका छन् । २०२२ मा उनलाई नयाँ आईपीएल टोली गुजरात टाइटन्सले १५ करोड भारुमा अनबुन्ध गरेको छ ।

कुनै पनि ब्याटर राशिदविरुद्ध जोखिम मोल्न चाहँदैनन् । यद्यपि आईपीएलमा केही ब्याटरले भने उनीविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । यसैबीच, आज आईपीएलमा राशिदविरुद्ध सर्वाधिक रन बनाउने तीन ब्याटरको चर्चा गर्दैछौं :

३. ऋषभ पन्त

आईपीएलमा राशिद खानविरुद्ध सर्वाधिक रन बनाउने ब्याटरमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तको नाम तेस्रो स्थानमा आउँछ । उनले राशिदविरुद्ध ९ इनिङ्समा ११३.२३ को स्ट्राइकरेटमा र ३८.५ को औसतमा ७७ रन बनाएका छन् ।

त्यसक्रममा पन्तले १० चौका र १ छक्का प्रहार गरेका छन् । राशिदले उनको अगाडि अहिलेसम्म कुल ६८ बल बलिङ गरेका छन्, जसमा पन्त दुईपटक राशिदको शिकार बनेका छन् ।

२. शेन वाटसन

शेन वाटसन आइपिएलमा राशिदविरुद्ध सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा छन् । उनले राशिदविरुद्ध ६ इनिङ्समा १७४.४६ को स्ट्राइक रेटमा ८२ रन बनाएका छन्, जसमा ६ चौका र ५ छक्का छ ।

वाट्सन राशिदविरुद्ध ४६ बल खेल्दा पनि एकपटक पनि आउट नहुने ब्याटर हुन् । वाट्सनले हाल सबै प्रकारको क्रिकेटबाट सन्यास लिएका छन् । र, आगामी सिजनमा उनी दिल्ली क्यापिटल्सको सहायक प्रशिक्षकको रूपमा देखिने छन् ।

१. श्रेयस अय्यर

श्रेयस अय्यरले आईपीएलमा राशिद खानविरुद्ध सर्वाधिक रन बनाएका छन् । दायाँ हाते ब्याटर अय्यरले राशिदविरुद्ध १० इनिङ्समा १०७.७९ को स्ट्राइक रेट र ४१.५० को औसतमा ८३ रन बनाएका छन । जसमा उनले ५ चौका र ४ छक्का हिर्काएका छन् ।

अय्यरले राशिदविरुद्ध कुल ७७ बल खेलेका छन्, जसमा उनी दुई पटक आउट भएका छन् । श्रेयस आईपीएल २०२२ मा पहिलोपटक कोलकाता नाइट राइडर्स (केकेआर)बाट खेल्दै छन् । यसपालि उनी केकेआरको कप्तानी पनि गर्नेछन् ।