हेटौंडामा खुल्ला नकआउट सेभेन’ ए’ साइट फुटबल प्रतियोगिता सुरु

Image

हेटौँडा ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा खुल्ला नकआउट सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता हेटौँडामा सुरु भएको छ । हेटौँडा—४ हुप्राचौरमा सुुरु भएको प्रतियोगिताको बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको र विजेता हुनले नगद ५० हजार र उपविजेता हुनेले २६ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । आयोजकले व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कार दिने जनाएको छ । उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले देशलाई चिनाउने महत्वपूर्ण माध्यम खेलकुद रहेको पनि बताएका छन् । खेलको माध्यमबाट नेपालको चिनारी विश्वसामु चिनाउन सहज हुने भन्दै खेलकुद गतिविधिलाई मर्यादित तथा अनुशासित बनाउनुपर्ने बताएका छन् । प्रतियोगिताको पहिलो दिन ७ वटा टिमको हुनेछन् ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देल,नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा,नेकपा एमाले मकवानपुर सचिवालय सदस्य फुर्वा लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, एमाले जिल्ला सदस्यहरु सन्तोष चौलागाई, मिलन पाठक लगायतको उपस्थिति रहेको थियो।