घर फर्किए मुम्बईका एक खेलाडी, जोडिए युवा स्पिनर

Image

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल टोलीका बायाँ हाते तीव्र गतिका बलर अर्शद खान प्रतियोगिताबाट बाहिरिएका छन् । उनी चोटका कारण यस सिजनबाटै बाहिरिएका हुन् । अर्शदको स्थानमा मुम्बईले कुमार कार्तिकेय सिंहलाई टोलीमा समावेश गरेको छ ।

मध्य प्रदेशका अर्शद आईपीएल मेगा लिलामीमा मुम्बईले २० लाख भारुमा किनेको थियो । तर, उनले आठ म्याच सकिँदासम्म एक खेल पनि खेल्न पाएनन् । उनको स्थानमा मुम्बईमा जोडिएका सिंह बायाँ हाते स्पिनर हुन् । उनी मध्य प्रदेशका लागि घरेलु क्रिकेट पनि खेल्छन् ।

सिंहले अहिलेसम्म ९ प्रथम श्रेणी म्याच, १९ लिस्ट ‘ए’ र आठ टी–२० म्याचमा क्रमशः ३५, १८ र ९ विकेट लिएका छन् । आईपीएल २०२२ मा मुम्बईको प्रदर्शन निराशाजनक गरिरहेको छ । पाँचपटकको आईपीएल विजेता मुम्बईले आठ म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।

लगातारको हारसँगै ऊ प्ले अफ दौडबाट पनि लगभग बाहिरिसकेको छ । टोलीका दुई प्रमुख खेलाडी इशान किशन र कप्तान रोहित शर्माले सन्तोषजनक प्रदर्शन गर्न नसक्दा मुम्बईलाई समस्या भइरहेको छ । मुम्बईले आफ्नो नवौं खेल शनिबार खेल्नेछ ।

४० म्याच सकिँदा पर्पल क्याप दौडको शीर्ष १० मा को-को?

जारी सिजनमा पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने बलरको सूचीमा उर्मान मलिक दोस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सविरुद्ध पाँच विकेट लिएपछि उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

सनराइजर्स हैदराबादबाट लिग खेलिरहेका २२ वर्षीय मलिकले ८ खेलमा ७.९६ को इकोनमीमा १५ विकेट लिएका छन् । राम्रो गतिमा बलिङ गर्ने उनलाई भारतीय टिमको भविष्यको रूपमा पनि हेरिन थालिएको छ । जारी आईपीएलमा सर्वाधिक विकेट लिने सूचीको शीर्षमा भने राजस्थान रोयल्सका स्पिनर युजवेन्द्र चहल छन् ।

उनले जारी सिजनमा ८ म्याच खेल्दा ७.०९ को इकोनमीमा १८ विकेट लिएका छन् । चहलले राजस्थानको जितमा अहम् भूमिका खेलिरहेका छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा हैदराबादका टी नटराजन छन् । उनले आठ खेलमा १५ विकेट लिएका छन् ।

त्यस्तै, चौथोमा चेन्नईका डिजे ब्रावो (१४), पाँचौँमा दिल्लीका कुलदीप यादव (१३), छैटौँमा गुजरातका मोहम्मद शामी (१३), सातौँमा वानिन्दु हसरंगा (१३), आठौँमा दिल्लीका खलिल अहमद (११), नवौंमा गुजरातका आवेश खान (११) र दशौं स्थानमा कोलकाताका उमेश यादव (११ विकेट) रहेका छन् ।