Khabar Board

हाइ स्कोरिङ म्याचमा राजस्थानको शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । जारी सिजनमा राजस्थानको यो सातौं जित हो । आफ्नो ११ औं खेलमा पञ्जाबले दिएको १९० रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि यशस्वी जैसवालले ४१ बलमा नौ चौका र दुई छक्कासहित ६८ रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कलले ३१, जोस बटलरले ३०, शिमरोन हेटमायरले अविजित ३१ र कप्तान सञ्जु सामसनले २३ रनको योगदान दिए । पञ्जाबका लागि अर्शदीप सिंहले दुई, ऋषि धवन र कागिसो रबाडाले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो । उसका लागि जोनी बेयरिस्टो र जितेश शर्माले उत्कृष्ट पारी खेले । बेयरिस्टोले ४० बलमा आठ चौका र एक छक्कासहित ५६ रन बनाए ।

जितेशले १८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजित ३८ रनको पारी खेले । त्यस्तै, भानुका राजापाक्षले २७, लियाम लिभिङस्टोनले २२, कप्तान मयंक अग्रवालले १५ र शिखर धवनले १२ रनको योगदान दिए । राजस्थानका लागि युजवेन्द्र चहलले तीन, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए ।

आजको जितसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमै कायम रहेको छ । उसले ११ म्याच खेल्दा सातमा जित र तीन खेलमा हारको सामना गरेको छ । यता पञ्जाबले ११ म्याच खेल्दा ६ मा हार र पाँच खेलमा जित हात पारेको छ । ऊ १० अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।

राजस्थान र पञ्जाबको म्याचपछि यस्तो बन्यो अंक तालिका :

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.