Khabar Board

श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा, उपाधिको लागि भारतसँग भिड्ने

काठमाडौं ।

माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

नेपालले जिम्बाब्वेसँगको सिरिज जितेपछि भारतीय मिडियाले के लेखे? किशोरको व्यापक चर्चा

क्यामरुनी क्लब एभिनिर एफसीविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोली विजयी भएको छ । आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा एभिनिर एफसीविरुद्ध ४–१ ले विजयी भएको हो ।

म्ंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउन जर्ज प्रिन्स कार्कीले दुई, मनिष डाँगी र दर्शन गुरुङले एक–एक गोल गरे । नेपालले सिनियर टिमका महत्वपूर्ण खेलाडीबिना पनि एभिनिरविरुद्ध शानदार जित निकाल्न सफल भयो । सुरुआती दुई खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।

कुवेतमा हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली टोली छिट्टै अभ्यासका लागि कतार प्रस्थान गर्नेछ । जहाँ नेपालले जेठ ११ र १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच पनि खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले बन्द प्रशिक्षण छाडेपछि नेपाली टिम केही कमजोर देखिएको छ । साथै, हाल माल्दिभ्समा रहेका कप्तान किरण चेम्जोङ पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छन् ।

चर्को विवादका बीच अल्मुताइरीले भने क्याम्प छोड्ने खेलाडीको स्थानमा नयाँ प्लेयरलाई बोलाइसकेका छन् । महत्वपूर्ण सदस्यबिना एसियन कप छनोट खेल्न लागेको नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

अनुभवी र केही स्टारले क्याम्प छोडे पनि अहिले पनि नवयुग श्रेष्ठ, मनिष डाँगी, सुनिल बल, पूजन उपरकोटी, सुरज ज्यू ठकुरी, आयुष घलान, जर्ज प्रिन्स कार्की, सञ्जोक राई, सुमन अर्याल, दर्शन गुरुङ, एरिक विष्ट, दीप कार्की, विकास खवास, एरिक विष्ट, लेवन्द्र तामाङ भने प्रशिक्षणमै व्यस्त छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.