Khabar Board
Flash logo up side
flash header

लोकसेवा तयारी कक्षा सम्पन्न

Nirbachan m

हेटौंडा। चौंथो र पाँचौ तहको तीन महिने लोकसेवा तयारी कक्षा शनिवार हेटौंडामा सम्पन्न भएको छ । विकासका लागि अभियान नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा लोकसेवा तयारी कक्षा सम्पन्न गरिएको हो ।

Center article

कार्यक्रमलाइ सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले तयारी राम्रो सँग गरेर नाम निकाल्नेगरी परीक्षामा लाग्न सुझाईन । उनले सरकारी सेवामा प्रवेश गरेर भविष्य सुरक्षित गर्नका लागि कडा मेहनत र परिश्रम गर्न सुझाउदै सरकारी सेवामा हेटौंडाको पनि बाक्लो उपस्थिती हुन सक्नेगरी अध्ययन गर्न जोड दिइन् । उनले पछिल्लो समय विदेशीनेक्रम बढ्दो भएकाले सरकारले नै विभिन्न तहमा रोजगारीको सिर्जना गरिरहेको बताईन्। साथै उनले नगरपालिकामा पनि धेरै अवसरहरु रहेको जानकारी दिईन् ।

माघ १२ गतेबाट सुरु भएको लोकसेवा तयारी कक्षामा नगरका ६० भन्दा बढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कृष्ण पोखरेल, ठाकुरराम भण्डारी र सुमन ढकालले लोकसेवा तयारी कक्षामा प्रशिक्षण दिएका थिए । नेपाली, लिखित पत्र, सामान्य ज्ञान र बौद्धिक परीक्षण लगायतका बिषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो । लामो समयदेखि विकासका लागि अभियान नेपालले जिल्लाका विभिन्न स्थानमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आईरहेको छ ।

विकासको लागि अभियान नेपाल मकवानपुरका अध्यक्ष सन्तोष पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा निर्देशक भिमप्रसाद तिमल्सिना, नवराज पाैडेल लगायतकाको उपस्थिती रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.