बैतडी ।
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा जनकराज भट्ट चयन भएका छन् । आज सम्पन्न जिल्ला अधिवेसनले भट्टलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । यस्तै संघको उपाध्यक्षमा बसन्तप्रकाश बिष्ट र प्रेमबहादुर चन्द चयन भएका छन् ।
महासचिवमा लक्ष्मणसिंह भण्डारी र कोषाध्यक्षमा भुपेन्द्र चन्द चयन भएका छन् । सदस्यमा देवबहादुर महरा, चन्द्रसिंह भण्डारी, कैलाश थापा, धिरज चन्द, दिनेश सिंह ठगुन्ना, देव बहादुर चन्द र दुरा भट्ट रहेका छन् ।
नेपाल भलिबल संघका केन्द्रिय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष गाणेश सिंह ठगुन्ना, जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशी, भलिबल प्रशिक्षक हरिसिंह भण्डारीको रहोबरमा समितिको पुनर्गठन गरिएको हो ।