काठमाडौं ।
भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि फरवार्ड रोहित सुब्बालाई टिममा डाकिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाईएको जानकारी गराए । फरवार्ड दिपेश राईले चोटको कारण साफ गुमाउने भएपछि उनको स्थानमा रोहितलाई टिममा बोलाईएको हो ।
मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् । रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए । दिपेशले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको मैत्रीपूर्ण खेल दौरान चोट बोकेका थिए । उनले दाहिने खुट्टाको एन्कलमा चोट बोकेका थिए ।दिपेश कम्तिमा ३ महिना मैदान बाहिर रहने छन् ।
नेपाली टोलीको कप्तानी आयुष घलानले गर्ने छन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् । प्रतियोगिताका लागि नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
नेपाली टोली : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर), दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान (मिडफिल्डर), रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड)
आयुष घलानले नेपाली यू-२० टिमको कप्तानी गर्ने
साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रबार भारत जाने भएको छ। एन्फाले शुक्रबार गर्ने विदाई कार्यक्रममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानलाई यू-२० टिमको कप्तान घोषणा गर्दैछ।
नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबि गरेका छन्। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन्।
नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।
यो पनि : रोनाल्डोका लागि रियलको ढोका पनि बन्द !
















