केन्याविरुद्ध नेपालको शानदार जित

Neali Cricket team Source -File photo

काठमाडौं ।

नेपालले केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको सिरिज जितेको छ । मंगलबार भएको पाँचौ खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि कप्तान सन्दीप लामिछाने, बसिर अहमदले २/२ विकेट लिँदा करण केसी, दीपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले १ रन लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय मद्यतमा १ सय ७५ रन बनाएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको हो। यो सिरिजकै सर्वाधिक रन हो। रोहित पौडेलले पनि विस्फोटक ब्याटिङ गरे। अब नेपालले तीन एक दिवसीय खेल खेल्नेछ ।