Khabar Board
Flash logo up side
Nirbachan aayog

बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने

Nirbachan m

बैतडी ।

बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई रु १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.