काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।
जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंक जोडेको बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ ।
यस्तै, गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक जोडेको गुजरात आठौँ स्थानमा छ । फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता खेलाडी छन् ।
रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो । यता, गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता खेलाडीको भूमिका महत्वपूर्ण रहने छ ।
दुवै टोलीका सम्भावित प्लेइङ-११ :
रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, क्यामरुन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा र यश दयाल।
इम्प्याक्ट प्लेयर : अनुज रावत, महिपाल लोमर
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, राहुल तेवाटिया, अजमातुल्लाह ओमरजाई, राशिद खान, आर साई किशोर, नूर अहमद र मोहित शर्मा।
इम्प्याक्ट प्लेयर : उमेश यादव, दर्शन नलकन्दे

















