इन्जुरी समयमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड

Image

एजेन्सी । इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो ।

केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ मिनेटमा निर्णायक गोल गरे । बराबरी खेले पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको अवस्थामा स्कटल्यान्डलाई काउन्टर अट्याकमा हंगेरीले स्तब्ध बनायो ।

जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो । योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ ।