एजेन्सी । टी–२० विश्वकपमा आज भारत र अष्ट्रेलिया भिड्दैछन् । अस्ट्रेलियाका लागि यो खेल गर या मर भन्दा कम छैन । तर, यसअघि अष्ट्रेलियाका फ्यानका लागि एउटा नराम्रो खबर आएको छ ।
वास्तवमा भारत र अष्ट्रेलियाबीचको खेल सेन्ट लुसियामा हुन लागेको र यहाँ हिजो (आइतबार) देखि पानी परिरहेको छ । खेल सुरु हुनुभन्दा ५ घण्टा अगाडि भारी वर्षाको भिडियो आएको छ ।
सेन्ट लुसियाबाट आइतवारदेखि नै वर्षाको भिडियो बाहिर आइरहेको छ र अहिले खेल सुरु हुनुभन्दा पाँच घण्टा अगाडि देखी नै त्यहाँ भारी वर्षा भइरहेको छ, त्यसलाई हेर्दा भारत र अष्ट्रेलियाबीचको खेल टस बिना नै रद्द हुन सक्ने देखिन्छ । यो खेल रद्द भएमा अष्ट्रेलियाको सेमिफाइनलको आशालाई ठूलो धक्का लाग्नेछ ।
भारत र अस्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द भएमा भारत सेमिफाइनलमा पुग्नेछ । कङ्गारु टोलीले अफगानिस्तानविरुद्ध बंगलादेशको जितको लागि प्रार्थना गर्नुपर्नेछ । अफगानिस्तानले बंगलादेशलाई हराएमा अफगानिस्तान सेमिफाइनल पुग्ने छ ।
भारतले सुपर–८ मा आफ्नो सुरुवाती दुवै खेल जितेको छ । भारतले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएपछि सेमिफाइनल पुग्ने लगभग पक्का भएको छ । अब अस्ट्रेलियाविरुद्धको खेल रद्द भएमा दुवै टोलीले एक–एक अंक पाउनेछन् । यस्तो अवस्थामा भारतीय टोली पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गर्नेछ ।
भारत र अष्ट्रेलियाबीच हालसम्म कुल ३१ खेल भइसकेका छन्, जसमा अस्ट्रेलियाले १९ पटक जित हात पारेको छ भने ११ खेल भारतले जितेको छ । एक खेलको नतिजा आएको छैन ।
यस्तै, टी–२० विश्वकपमा दुई टोलीबीच जम्मा ५ खेल खेलिएको थियो जसमा भारतले तीन खेल जितेको थियो भने अष्ट्रेलियाले दुई खेल जितेको थियो । २००७ टी–२० विश्वकपमा, भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।