काठमाण्डाै । भारत र जिम्बावेबीचको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बेलुकी पौने ५ बजे शुरु भएको छ ।
शृङ्खलाको सबै खेल हरारे स्पोर्ट्स क्लबमा यही समयमा शुरु हुने तालिका छ । भारतको युवा टिमको कप्तानी शुभमन गिलले गर्नेछन् । शुभमन गिलले पहिलो पटक भारतीय टिमको नेतृत्व गर्न लागेका हुन् ।
पछिल्लो केही वर्षयता दुई देशीय टी–२० क्रिकेट शृङ्खलामा टिमबाट बाहिर रहँदै आएका अनुभवी खेलाडी रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि आजको खेलमा भारतबाट केही खेलाडीले डेब्यु गर्ने सम्भावना छ ।
भारत र जिम्बावेबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ८ पटक भेट भएकोमा भारत ६ र जिम्बावे २ खेलमा विजयी भएको छ ।

















