Khabar Board

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

काठमाडौं । भारतले नयाँ मुख्य प्रशिक्षकको रुपमा गौतम गम्भीरलाई नियुक्त गरेको छ । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै राहुल द्रविडको भारतीय क्रिकेटमा मुख्य प्रशिक्षकको अवधि सकिएको थियो । बीसीसीआईका सचिव जय शाहले गम्भीर अब भारतको नयाँ मुख्य प्रशिक्षक बनेको जानकारी दिएका छन् ।

भारतले सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा गम्भीरको योगदान महत्वपूर्ण थियो । उनको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाताले आईपीएलको उपाधि जित्दा उनी मेन्टरको रुपमा थिए ।

उनको भारतीय क्रिकेटमा सम्झौता २०२७ डिसेम्बरसम्म हुनेछ । यसै महिनाको अन्तिमदेखि श्रीलंका भ्रमणमा तीन टी२० आई र ओडीआई सिरिजबाट गम्भीरले भारतीय टोली सम्हाल्ने छन् ।

४२ वर्षीय बायाँ हाते ब्याटर गम्भीर भारतका एक सफल ओपनर समेत हुन् । उनले भारतबाट ५८ टेस्ट, १४७ ओडीआई र ३७ टी-२० आई खेल खेलेका थिए । २०२१ को टी-२० विश्वकपपछि राहुल द्रविडले भारतको मुख्य प्रशिक्षक सम्हालेका थिए ।

द्रविडको मुख्य प्रशिक्षकमा भारतले २०२३ को एसिया कप उपाधि, २०२३ को एकदिवसीय विश्वकप फाइनलमा पराजित र २०२४ को टी-२० विश्वकप उपाधि जितेको थियो । भारत युवा खेलाडीको साथ अघि बढ्ने भएपछि टी२० विश्वकप जितेसँगै कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी२० आईबाट सन्न्यास लिएका थिए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.