नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा, यी खेलाडीले पाए माैका

Image

काठमाडौं । नेदरल्यान्ड्समा हुने घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि क्यानडाको टिम घोषणा भएको छ ।

साविकका कप्तान साद विन जाफरको स्थानमा निकोलस किर्तनलाई कप्तानको जिम्मेवारी दिदै टोलीको घोषणा भएको हो । क्रिकेट क्यानडाले किर्तनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानडाले नेदरल्यान्ड्समा घरेलु टोली तथा अमेरिका सहभागी रहने विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज तथा त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्नेछ ।

सिरिज अर्को महिनामा हुने भनिएपनि मिति भने तोकिएको छैन । क्यानडा विश्वकप लिग टूमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ । अमेरिकालाई भने लिग टूको यो पहिलो सिरिज रहने छ । नेदरल्यान्ड्स भने चार अंकका साथ चौथो स्थानमा छ ।

क्यानडाको टोली : निकोलस किर्तन (कप्तान), आरोन जोनसन, डिलोन ह्यालिगंर, दिलप्रित बाज्वा, हर्ष थाकर, जिरिमेन ग्रोडन, जुनेद सिद्धिकी, कलिम साना, कनवारपल ताथागुर, नवनिध धालिवाल, प्रगत सिंह, रविन्द्रपाल सिंह, रिसिभ जोशी, साद विन जाफर र श्रेयस मोभ्भा