काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गरेका छन् ।
गए राती भएको खेलमा मोन्ट्रियल टाइगर्सविरुद्ध दीपेन्द्रले आक्रामक ब्याटिङ गरेका हुन् । उनले १५ बलमा ३० रन जोडे । उनले ३ चौका र एक छक्कासहित ३० रनमा अविजित रहे ।त्यसक्रममा उनको स्ट्राइक रेट २०० थियो । योसँगै उनी दीपेन्द्र भ्यानकुभर र मोन्ट्रियलबीचको खेलमा सर्वाधिक स्ट्राइक रेटमा ब्याटिङ गर्ने खेलाडी बने ।
टिमलाई जित दिलाउन दिपेन्द्रले पूरा कोसिस गरे । उनले अन्तिम ओभरको पहिलो बलमा चौका हिर्काए । दीपेन्द्रले दोस्रो बलमा तीन रन जोड्दै ड्वेन प्रिटोरियसलाई स्ट्राइक दिए । त्यसपछि भने उनले स्ट्राइक पाएनन् र भ्यानकुभरले खेल गुमायो ।
यस्तै, यस खेलमा भ्यानकुभरमै आबद्ध सन्दीप लामिछानेले २ बलमा अविजित रहे । सन्दीपले बलिङमा एक विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर १ विकेट लिएका हुन् ।
दीपेन्द्र र सन्दीप सम्मेलित भेनकुभर नाइट्सले भने तेस्रो हार बेहोरेको छ । मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभर २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पहिला ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । भ्यानकुभरले अब चौथो खेलमा ब्राम्टन वुल्भ्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार बिहान १ः४५ देखि सुरु हुनेछ ।

















