पेरिस ओलम्पिकमा फ्रान्सविरुद्ध क्यानडाको पुनरागमन जित

Image

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा क्यानाडाले घरेलु टोली फ्रान्सविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडे पनि क्यानाडाको सबै अंक खोसिएको छ । समान एक खेल हारेका कोलम्बिया र फ्रान्सको समान तीन अंक छ । न्युजिल्यान्ड दुई खेल खेल्दा बिना अंक पुछारमा छ ।

प्रतिद्वन्द्वी टोलीको प्रशिक्षणको जासुसीका लागि ड्रोन प्रयोग गरेपछि फिफाले कारबाही स्वरुप क्यानाडाको ६ अंक घटाएको हो ।

क्यानाडाको जितमा जेसी फ्लेमिङ र भनेसा गिल्सले समान एक गोल गरेका हुन् । यसअघि घरेलु टोलीकी केन्जा डलीले गोल गर्दा फ्रान्सले पहिलो हाफसम्म १-० को अग्रता बनाएको थियो ।

राति नै भएको अर्काे खेलमा अमेरिकाले जर्मनीलाई ४-१ ले हरायो । लगातार दोस्रो जितपछि अमेरिकाले शीर्ष १६ सम्भावना बलियो बनाएको छ । अमेरिकाको जितमा सोफिया स्मिथले दुई गोल गरिन् । मालोरी स्वान्सन र लेन विलियम्सले समान एक गोल गरेका हुन् ।

समूहमा अमेरिकाको ६ अंक छ । जर्मनी र अस्ट्रेलियाको तीन अंक रहँदा जाम्बिया बिना अंक पुछारमा छ ।