युनाइटेड छाडेर फाब्रिगासको कोमो पुगे भरान

Image

काठमाडौँ। फ्रान्सका डिफेन्डर राफायल भरान सिरी ए टोली कोमोसँग अनुबन्ध भएका छन् । कोमो यो सिजन मात्र इटालीको पहिलो डिभिजनमा उक्लिएको हो ।

म्यानचेस्टर युनाइटेडसँगको करार सकिएपछि ३१ वर्षीय खेलाडी फ्रि- एजेन्टका रूपमा रहेका थिए । उनले इटालियन क्लबसँग २ वर्षको करार गरेका छन् ।

सन् २०१८ को विश्वकप विजेता खेलाडीले रियल मड्रिडसँग ३ वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसपछि उनले युनाइटेडमा ३ वर्ष बिताए ।

देशका लागि ९३ खेलमा प्रतिनिधित्व गरेका भरानले गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उता, २१ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको कोमोले आर्सनल र चेल्सीका पूर्वमिडफिल्डर सिसेक फाब्रेगासलाई मुख्य प्रशिक्षक बनाएको छ ।